गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हिमाली र पहाडी भागमा साधरणतया बादल लागेको छ भने तराई भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशको केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशको हिमाली भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशका पहाडी भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा तथा मधेस प्रदेश साथै कोशी प्रदेशका तराई भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
आजै राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भाग तथा लुम्बिनी प्रदेशको पहाडी भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


