गाेरखा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, ६ जना बालिका, ७ जना बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन ।
प्रहरीका अनुसार रसुवामा ३ पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा ६ महिला र ७ पुरुष, धादिङमा १० महिला, १० पुरुष, १ बालिका तथा ६ जना (पहिचान नखुलेको)को शव भेटिएको छ ।
गोरखामा २ महिला, ८ पुरुष, १ बालक र पहिचान नखुलेका ८ जना गरी १९ जनाको शव भेटिएको छ ।
प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, १ बालिका, ४ बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ ।
त्यसैगरी, तनहुँमा १ महिला, ५ पुरुष, १ बालिका, १ बालक र पहिचान नखुलेका १ जनाको शव भेटिएको छ ।
यस्तै, नवलपरासी पूर्वमा २ महिला, १२ पुरुष, ३ बालिका, १ बालक र पहिचान नखुलेका ४ जनाको शव भेटिएको छ ।


