गाेरखा । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) मुस्ताङको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गरी आजै बिहान काठमाडाैं फर्किएका छन् ।
पारिवारिक भ्रमणका क्रममा शनिबार मुस्ताङको जोमसोम पुगेका उनी आज बिहान ९ः३५ बजे आफु बसेको होटलबाट बाहिरिका हुन् ।
प्रधानमन्त्री शाह जोमसोम स्थित होटल ओम्स होममा रात बिताएका थिए । प्रधानमन्त्री शाह सडकमार्ग हुँदै फर्किएकाे मुस्ताङका सुरक्षा प्रमुखले जानकारी दिएकाे छ ।
हिजाे नै जोमसोम पुगेका प्रधानमन्त्री शाह साँझ मुक्तिनाथ मन्दिरको दर्शन गरेका थिए । प्रधानमन्त्री शाहले शनिबार साँझ नै आधा घण्टा मुक्तिनाथको दर्शन र बिशेष पुजाअर्चनामा समय खर्चिएका थिए ।
प्रधानमन्त्री शाहले मुक्तिनाथ मन्दिरमा पुगेर त्यहाँका पुजारी कृष्णप्रसाद सुबेदीका हातबाट टिका र प्रसाद ग्रहण गरेका थिए ।


