गाेरखा । गएराति देशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकमा ७१ मिलिमिटर, ताप्लेजुङमा ५३ मिलिमिटर र दैलेखमा ४२ मिलिमिटर पानी परेको छ ।
मध्य र पश्चिम क्षेत्रमा अहिले पनि वर्षा भैरहेको छ । लगातारको वर्षाले नुवाकोटको त्रिशूली नदी र ताडी खोलामा बाढी आएको छ । नदी र खोला आसपासका बासिन्दालाई आज बिहानसम्मै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडका केही स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही ठाउँ तथा मधेश प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


