गाेरखा । प्रहरी गाेरखा घर भई नेपाल वायु सेवा निगममा जागिर खाने गाेरखाका १ जना सहित २ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
आइतबार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका ममता पाण्डे सहित २ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पाण्डे संगै निगमका अर्का कर्मचारी जननी बज्राचार्यलाई विदेशी मुद्रासहित नियन्त्रणमा लिएकाे छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी राजकुमार सिलवालले पाण्डे र बज्राचार्यलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।
प्रहरीले पाण्डेकाे साथबाट ४ हजार २०० अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिंगिट बरामद गरेको छ भने बज्राचार्यबाट ४ हजार ३०० अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिंगिट बरामद गरेको छ ।
उनीहरूमाथि थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोकमा पठाइएको छ ।


