×
मङ्गलबार, भदौ ०२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुनकाे मूल्य स्थिर रहदा चाँदीमा सामान्य घट्याे
  • २३ मिनेट अघि

साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
  • ३ घण्टा अघि

आज प्रतिनिधिसभाको बैठक बस्दै
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर प्रश्नको जबाफ दिन सभामुखकाे रूलिङ
  • १८ घण्टा अघि

गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा
  • १८ घण्टा अघि

पोखरा महानगरका मेयर आचार्यद्वारा बंगलादेशका फोटो पत्रकारलाई स्वागत तथा बिदाइ
  • २१ घण्टा अघि

नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’
  • २१ घण्टा अघि

पोखरा महानगरका मेयर आचार्यद्वारा बंगलादेशका फोटो पत्रकारलाई स्वागत तथा बिदाइ

  •  गोरखा समाचार
  • सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ फोटो पत्रकारलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा भ्रमणका क्रममा स्वागत तथा बिदाइ गरेका छन् ।

    पोखरा भ्रमणका क्रममा मेयर आचार्यले बंगलादेशी फोटो पत्रकारहरूलाई खादा, नेपाली टोपी तथा मायाँको चिनो प्रदान गर्दै स्वागत गरेका थिए ।

    सो अवसरमा मेयर आचार्यले नेपालको पर्यटकीय राजधानीका रूपमा परिचित पोखरा भ्रमणका लागि बंगलादेशबाट आएका वरिष्ठ फोटो पत्रकारहरूलाई धन्यवाद दिँदै स्वागत गरेका थिए । उनले बंगलादेशबाट पछिल्लो समय नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै गएको उल्लेख गर्दै पोखराले पनि बंगलादेशी पर्यटकलाई आकर्षित गरिरहेकोमा खुसी व्यक्त गरे ।

    उनले बंगलादेशका फोटो पत्रकारहरूले आफ्नो सञ्चारमाध्यम, फोटो तथा सामाजिक सञ्जालमार्फत पोखरा र नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताए । पोखराको प्राकृतिक सौन्दर्य, हिमाल, फेवाताल, संस्कृति तथा पर्यटकीय गतिविधिलाई विश्वसामु चिनाउन फोटो पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

    मेयर आचार्यले बंगलादेशबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडान सञ्चालन गर्ने विषय पनि छलफल तथा प्रक्रियाको चरणमा रहेको जानकारी गराए । भुटान एयरलाइन्समार्फत बंगलादेश–पोखरा उडान सञ्चालन गर्ने विषय पाइपलाइनमा रहेको जानकारी पाएपछि बंगलादेशी फोटो पत्रकारहरूले खुसी व्यक्त गरेका थिए ।

    बंगलादेशबाट पोखरासम्म नियमित प्रत्यक्ष हवाई सेवा सञ्चालन हुन सके २ देशबीचको पर्यटन प्रवद्र्धन थप सहज र प्रभावकारी हुने उनीहरूले बताएका थिए । साथै, अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले पनि पोखरालाई गन्तव्य बनाएर उडान सञ्चालन गरेमा नेपाल–बंगलादेश पर्यटन तथा आर्थिक सहकार्य अझ विस्तार हुने उनीहरूको भनाइ थियो ।

    बंगलादेशी फोटो पत्रकारहरूले पोखरा भ्रमणका क्रममा यहाँको प्राकृतिक सौन्दर्य, पर्यटन, संस्कृति र जीवनशैलीलाई फोटोमार्फत अभिलेखीकरण गर्दै बंगलादेशमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    नेपाल र बंगलादेशका फोटो पत्रकारबीचको व्यावसायिक सम्बन्ध, अनुभव आदानप्रदान, सांस्कृतिक सम्बन्ध तथा पर्यटन प्रवद्र्धनलाई थप मजबुत बनाउने उद्देश्यले एनएफपीजे नेपालको निमन्त्रणामा १२ सदस्यीय टोली नेपाल भ्रमणमा आएको हो । भ्रमणले २ देशका फोटो पत्रकारबीचको सम्बन्ध विस्तारसँगै नेपालमा बंगलादेशी पर्यटक आकर्षित गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    लेखकबाट थप:

    • सुनकाे मूल्य स्थिर रहदा चाँदीमा सामान्य घट्याे
    • साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    • आज प्रतिनिधिसभाको बैठक बस्दै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनकाे मूल्य स्थिर रहदा चाँदीमा सामान्य घट्याे
    साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    आज प्रतिनिधिसभाको बैठक बस्दै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुनकाे मूल्य स्थिर रहदा चाँदीमा सामान्य घट्याे

    • २. साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय

    • ३. आज प्रतिनिधिसभाको बैठक बस्दै

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    • ६. प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर प्रश्नको जबाफ दिन सभामुखकाे रूलिङ

    • ७. गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा

    धेरै पढिएको
    • १. प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित

    • २. काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)

    • ३. गोरखामा लुटपाट गरेको आरोपमा श्रीकृण्ण र कुशल पक्राउ

    • ४. गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा

    • ५. काठमाडौंका ७ स्थान जहाँबाट ग्यास वितरण हुदै छ (कुन कुन स्थानबाट पाइन्छ ?)

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.