गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
जसका कारण अहिले पश्चिम नेपालमा वर्षा भइरहेको छ । पछिल्लो समय बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायत स्थानमा अत्यधिक वर्षा भइरहेको छ । यस्तै स्याङ्जा, नवलपुरलगायत स्थानमा पनि अत्यधिक वर्षा मापन भएको महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन सहित चट्याङ्ग तथा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
आजै राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।


