गाेरखा । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर २ जना बालक बेपत्ता भएका छन् ।
पोखरा महानगरपालिका–१४ को विजयबस्तीबाट विजयपुर खोला तरी पोखरा-२६ सक्नेरीतर्फ आउने क्रममा नामथर र ठेगाना नखुलेका अन्दाजी १४/१५ वर्षका २ जना बालकलाई खोलाले बगाएको हाे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा ८ जना तर्न सफल भएका र २ जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालयय र वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी परिचालन गरेर खोजी भइरहेकाे छ ।
प्रहरीका अनुसार केही बेर अगाडीबाट सशस्त्र प्रहरी बेसक्याम्प कुँडहरबाट ९ जनाको खोताखोर सहितको टोलीसमेत परिचालित गरेर खाेजी कार्य भएको प्रहरीले जनाएको छ ।


