×
शनिबार, साउन ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
  • १० मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले आजकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५५ मिनेट अघि

आजकाे माैसम : राती बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना 
  • १ घण्टा अघि

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे
  • १ घण्टा अघि

ज्यान मार्ने तथा डाँका उद्योगका फरार प्रतिवादी ३ बर्ष पछी पक्राउ
  • १६ घण्टा अघि

धवलकाे पार्टीकाे नाम ‘जय नेपाल पार्टी’ – चुनाव चिन्ह ‘त्रिभुज’
  • २० घण्टा अघि

पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो
  • २० घण्टा अघि

५२ लाख बराबरको अवैध चिनियाँ मदिरा बरामद
  • २१ घण्टा अघि

सुनकाे मूल्य एकै दिनमा ४६ सयले घट्याे
  • २३ घण्टा अघि

आजकाे माैसम : राती बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना 

  •  गोरखा समाचार
  • शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । देशभर हाल मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागमा बदली रहेको छ । मधेस प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई भागमा आंशिक बदली रहेको छ ।

    कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आजै राति देशका हिमाली र पहाडी भागमा साधारणतया बदली तथा तराई भागमा आंशिक बदली रहनेछ । हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    राति बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले महाशाखाबाट जारी हुने पछिल्ला सूचना तथा पूर्वानुमानअनुसार अद्यावधिक रहन अनुरोध गरिएको छ ।

    लेखकबाट थप:

    • काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    • नेपाल राष्ट्र बैङ्कले आजकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे
    • ज्यान मार्ने तथा डाँका उद्योगका फरार प्रतिवादी ३ बर्ष पछी पक्राउ
    • धवलकाे पार्टीकाे नाम ‘जय नेपाल पार्टी’ – चुनाव चिन्ह ‘त्रिभुज’

    शनिबार, साउन ३०, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले आजकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे
    ज्यान मार्ने तथा डाँका उद्योगका फरार प्रतिवादी ३ बर्ष पछी पक्राउ
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)

    • २. नेपाल राष्ट्र बैङ्कले आजकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : राती बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना 

    • ४. इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे

    • ५. ज्यान मार्ने तथा डाँका उद्योगका फरार प्रतिवादी ३ बर्ष पछी पक्राउ

    • ६. धवलकाे पार्टीकाे नाम ‘जय नेपाल पार्टी’ – चुनाव चिन्ह ‘त्रिभुज’

    • ७. पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो

    धेरै पढिएको
    • १. सुन ताेलाकाे पुन: ३ लाख माथी पुग्याे

    • २. चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ

    • ३. कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत भेटिए

    • ४. दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन

    • ५. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.