तस्बिर साैजन्य सशस्त्र प्रहरी बल नेपाल
गाेरखा । अबिरल बर्षापछी गए राती आएकाे बाढीले कास्की र पर्बत जोड्ने २ वटा मेटरएवल पुल बगाएको छ । बाढीका कारण मन्दिरमा फसेका ३ जनाको केही बेर अगाडी मात्र सकुशल उद्दार गरिएकाे छ ।
अन्नपूर्ण गाउंपालिका ५ र ६ को सिमाना नयाँ पुल-बिरेठाटी सडक खण्डको छेउमा मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा आवतजावत गर्ने २ वटा पुल बगाएकाे हाे ।
बाढी आए लगत्तै साथै मन्दिरमा रहेका १ जना सन्त पुजारी र २ जना भक्त फसेका थिए । उनीहरुकाे सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्किबाट ४ जना रोप रेस्क्यु र ३ जना गोताखोर सहितको उद्दारटोली घटनास्थल पुगेर उद्वार गरिएकाे सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सहप्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनीहरुकाे बिहान ८:१५ बजे उद्दार गरिएको हाे । उद्दार गरिएकाहरुमा कास्की जिल्ला पोखरा महानगरपालिका- १८ सराङकोट बस्ने बर्ष २८ को प्रदिप ढकाल, सर्लाही जिल्ला घर भई कास्की स्थित अन्नपुर्ण गाउंपालिका-८ मा रहेको बिरेठाटी माध्यमिक बिध्यालयका शिक्षक बर्ष ३० का रेवन्त प्रसाद सिंह र मन्दिरका पुजारी बर्ष ५२ कानिर्माण गिरी रहेका छन् ।
गिरि भारतीय नागरिक रहेको र विगत ५ बर्ष देखि मन्दिरमा पुजारी काम गर्दै आएका थिए ।




















