गाेरखा । सामाजिक सञ्जालमार्फत अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरेर गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता रविन्द्र यादवलाई प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि पक्राउ गरेकाे हो ।
स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको पुष्टि गरेकाे छ । प्रहरीका अनुसार उनीबारे थप अनुसन्धान भइरहेको छ ।




















