×
बुधबार, साउन २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले राजीनामा दिदै
  • १९ मिनेट अघि

आज राष्ट्रियसभाको बैठक बस्दै
  • ४६ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५६ मिनेट अघि

‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ बाट साहित्यकार अधिकारी र निर्देशक सुब्बा सम्मानित
  • १ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा वर्षाको सम्भावना
  • १ घण्टा अघि

सुन चाँदीकाे मूल्य उकालाे लाग्दै
  • २३ घण्टा अघि

आज प्रतिनिधिसभाको बैठक बस्दै
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : केही स्थानमा भारी वर्षाको संभावना
  • १ दिन अघि

‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ बाट साहित्यकार अधिकारी र निर्देशक सुब्बा सम्मानित

  •  गोरखा समाचार
  • बुधबार, साउन २७, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    संगम घिमिरे/काठमाडौं । साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिएको छ ।

    दाहालको ८ ओैं स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ले आयोजनामा अधिकारी र सुब्बालाई सम्मान गरिएकाे हाे ।

    १ लाख ५० हजार रुपैयाँ राशिको पुरस्कार अधिकारी र सुब्बालाई संयुक्त रूपमा प्रदान गरिएको आयाेजक संस्थाले जनाएकाे छ । पुरस्कार साहित्यकार एवं संविधानसभा सदस्य शान्ता मानवी, पूर्वमन्त्री गिरिराजमणि पोखरेल र सदनकी अध्यक्ष सुधा दाहालले स‌युत्त रुपमा हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा बाेल्दै मानवीले नेपाली साहित्य र कुनाकाप्चामा रहेका सिर्जनालाई रेडियो नेपालमार्फत आमजनतामाझ पुर्‍याउन दाहालको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । पूर्वमन्त्री पोखरेलले शिक्षा, साहित्य र सञ्चार क्षेत्रमार्फत नेपाली भाषाको विकासमा दाहालले पुर्‍याएको योगदान अविस्मरणीय रहेको समेत उल्लेख गरे ।

    अध्यक्ष सुधा दाहालका अनुसार भारतको मणिपुरमा रहेर शिक्षण पेसासँगै नेपाली भाषा–साहित्य र पाठ्यक्रम निर्माणमा समर्पित अधिकारी तथा नेपाली सिनेमामा मौलिक चलचित्र निर्माण गर्दै सीमान्तकृत समुदायका कथालाई विश्वमञ्चसम्म पुर्‍याएका निर्देशक सुब्बालाई सम्मान गरिएको हो ।

    कार्यक्रममा सञ्चारकर्मी दाहाल यज्ञनिधि र उनको नाममा स्थापित पुरस्कारबाट सम्मानित साहित्यकार अधिकारी र निर्देशक सुब्बाको व्यक्तित्व र कृतित्व र सिर्जनाको विषयमा साहित्यकार डा.रमेश शुभेच्छुले चर्चा गरेका थिए ।

    अधिकारीका ‘कोरौगी मरोक मङाल’, ‘मनका आवेग’, ‘आँखीझ्यालभित्र मणिपुर’, ‘मेरो लोकताक’ र ‘उन्मुक्त उडान’ लगायत कृति प्रकाशित छन् । उनले ‘एउटा पिस्तौल एउटा कुन्द पुष्प’ र ‘मरुभूमि’ लगायत कृतिको अनुवाद गर्नुका साथै मणिपुरमा कक्षा ९ देखि १२ सम्मका नेपाली पाठ्यपुस्तक सम्पादन गरेका छन् ।

    त्यस्तै, विसं २०४० को दशकदेखि पत्रकारिता र चलचित्र समीक्षा हुँदै निर्देशनमा प्रवेश गरेका सुब्बाले ‘तरेबा’, ‘खाङ्ग्री’, ‘नुमाफुङ’, ‘दलन’, ‘गूडबाइ काठमाडौँ’, ‘सिंहदरबार २’ र ‘गाउँ आएको बाटो’जस्ता चलचित्र तथा शृङ्खला निर्देशन गरिसकेका छन् । उनी हाल ‘लाहुरे जुत्ता’ नामक चलचित्र निर्माणको तयारीमा छन् ।

    यस वर्षको ‘दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कार’ भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल) बाट कक्षा ८ उत्तीर्ण हुँदा नेपाली विषयमा ‘४ जिपिए’ ल्याउने ६ जना विद्यार्थीलाई प्रदान गरिएको छ । २० हजार रुपैयाँ राशि र प्रमाणपत्रसहितको उक्त पुरस्कार आराध्या सिंह, प्रतीक्षा पोर्तेल, इसिका श्रेष्ठ, मानवी बोगटी, उपासना बज्राचार्य र सफलबहादुर खड्काले प्राप्त गरेका छन् । दाहालले लामो समय अध्यापन गरेको दरर्बार स्कुलमा उनकै नाममा यो पुरस्कार स्थापना गरिएको हो ।

    समारोहमा सम्मानित व्यक्तित्व अधिकारी र सुब्बासहित दाहाल यज्ञनिधि सुधा सदनका सदस्य डा. विष्णु राई लगायतले मन्तव्य राखेका थिए भने डा. गोविन्द आचार्य र देवकुमारी लुइटेल ‘देबु’ले कविता वाचन गरेका थिए । कार्यक्रममा प्रा.डा. देवी नेपाल, डा. केदार न्यौपानेसँगै साहित्यक क्षेत्रका विशिष्ट व्यक्तित्व, दाहाल यज्ञनिधिका सहकर्मी, शुभेच्छुक र आफन्तको उपस्थिति रहेको थियो ।

    विसं २०१० साउन ८ गते खोटाङमा जन्मिएका नेपाली साहित्य र सञ्चार क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो । उनका ‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६), दाहाल यज्ञनिधिका कविता (२०७८), दाहाल यज्ञनिधिको जीवन चर्चा र कृति चर्चा ‘जदौ’ (२०६९), दाहाल यज्ञनिधिको जीवनदृष्टि (२०८१) लगायत जीवनी र व्यक्तित्व केन्द्रित कृति प्रकाशित छन् ।

    लेखकबाट थप:

    • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले राजीनामा दिदै
    • आज राष्ट्रियसभाको बैठक बस्दै
    • नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा वर्षाको सम्भावना
    • सुन चाँदीकाे मूल्य उकालाे लाग्दै

    बुधबार, साउन २७, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले राजीनामा दिदै
    आज राष्ट्रियसभाको बैठक बस्दै
    नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले राजीनामा दिदै

    • २. आज राष्ट्रियसभाको बैठक बस्दै

    • ३. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ बाट साहित्यकार अधिकारी र निर्देशक सुब्बा सम्मानित

    • ५. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा वर्षाको सम्भावना

    • ६. सुन चाँदीकाे मूल्य उकालाे लाग्दै

    • ७. आज प्रतिनिधिसभाको बैठक बस्दै

    धेरै पढिएको
    • १. ग्वार्को बस दुर्घटनामा ज्यान गुमाएकी महिला जेनिशा लामा भएको पुष्टी

    • २. गाेरखाकाे १२ किलाे स्थित पेट्रोल पम्पमा पहिराेले क्षती पुर्यायाे

    • ३. सुन र चाँदीकाे मूल्य फेरी आकाशियाे

    • ४. चेक अनादार केसमा गोरखाबाट दाउत तामाङ पक्राउ

    • ५. आजकाे माैसम : बागमती, गण्डकी, कोशी, मधेस र लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.