गाेरखा । शुक्रबारदेखि सम्पर्कविहीन कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह अझै फेला पर्न सकेकाे छैन । सुरक्षाा निकाय र स्थानीयको सहयोगमा निरन्तर खोजी भएकाे भएता पनि उनको अवस्थाबारे आइतबार बिहानसम्म उनकाे अवस्था पत्ता लाग्न सकेकाे छैन ।
सिंह सम्पर्कविहीन भएको बुद्धभूमि नगरपालिका–स्थित ढेकरी जंगल क्षेत्रमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ‘के–नाइन’ शाखाबाट तालिमप्राप्त कुकुर तथा ड्रोनको प्रयोग गरी खोजी भइरहेकाे छ ।
सिंह शुक्रबार दिउँसो करिब ३:३० बजेदेखि ढेकरी जंगलबाट सम्पर्कविहीन भएकाे कपिलबस्तु प्रहरीले जनाएकाे हाे । जंगलमा बाटो अलमलिएर समस्या परेको भन्दै उनले साँझ ५:३० बजेसम्म विभिन्न व्यक्तिसँग मोबाइल सम्पर्क गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।
राति करिब १ बजेसम्म उनको मोबाइलमा रिङ गएको भए पनि फोन उठेको थिएन । त्यसपछि भने मोबाइलमा समेत सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शनिबार दिनभर खोजी भएकाे र आज पनि बिहानैदेखी खाेजी सुरु गरिएकाे जनाएकाे छ ।
सिंह चढेको लु १ प ७८७९ नम्बरको एभेन्जर मोटरसाइकल भने जंगलमा खोल्सो पार गर्न नसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।




















