गाेरखा । कालिकाे६ अस्पतालमा रहेको वाइफाई चलाउन नदिएको भन्दै स्वास्थ्यकर्मी कुट्ने ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
प्रहरीले हिजाे शुक्रबार पलाँता गाउँपालिका-९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक एवं नर्समाथि हातपात गर्ने ३ जनालाई पक्राउ गरिएको हाे ।
अस्पतालमा कार्यरत चिकित्सक एवं नर्समाथि भएको दुर्व्यवहार एवं अभद्र व्यवहार गर्ने र अस्पतालमा अनाधिकृतरुप प्रवेश गरी सामानहरु तोडफोड गर्ने कार्यमा संलग्न ३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कालिकाेटले जनाएका छ ।
शुक्रबार दिउँसो १ बजेतिर १४ र १५ वर्षका एकाघरका २ भाइ अस्पतालको वाइफाई कनेक्ट गरी अस्पतालको ओपिडी नजिक मोबाइलमा गेम खेलिरहेका थिए । चिकित्सले बाहिर गएर मोबाइल चलाउन भने पछी उनीहरूले चिकित्सकमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाे तिनै जना बिरुद्व अनुसन्धान भइ रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।




















