गाेरखा । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।
दूरसञ्चारसम्बन्धी कसुरमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार राती उनलाई धापाखेलबाट पक्राउ गरेको ब्युरोले जानकारी दिएकाे हाे ।
उनलाई आजै म्याद थपका लागि अदालत लगिने तयारी भएको समेत ब्यूराेले जानकारी दिएकाे छ ।




















