गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
जसका कारण अहिले हिमाली र पहाडी भागमा साधारणतया बादल तथा तराईमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुुसार आज दिउँसो मधेश, काेही, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा साधारणतया बादल लाग्नेछ ।
देशका हिमाली भागका केही स्थानमा तथा पहाडी भागका धेरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशको हिमाली र पहाडी भाग तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भागमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा आंशिक बादल लाग्नेछ ।
बागमती, गण्डकी, लुम्बिनी, कोशी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भागका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।




















