गाेरखा । नवलपरासीको गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिक अचेत अवस्थामा फेला परेकी २ महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृतकहरू बागलुङ जैमिनी–९ की ३८ वर्षीया कविता राई र भोजपुर घर भई गैंडाकोट–१० पितौजीस्थित गाई फार्ममा कार्यरत करिब ४५ वर्षीया कान्छी राई रहेको प्रहरीले पुष्टी गरेकाे छ ।
प्रहरीका अनुसार दुवै महिलालाई चौरमा अचेत अवस्थामा फेला पारेर तत्काल उपचारका लागि नगर अस्पताल भेडाबारी लगिएको थियो । दुवै जनाकाे उपचारकै क्रममा मृत्यु भएकाे हाे ।
मृत्तक महिलाकाे शरीरमा बाह्य चोटपटक नदेखिए पनि मृत्युको वास्तविक कारण अझै खुल्न नसकेको प्रहरीले जानकारी दिउकाे छ । घटनाकाे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।




















