गाेरखा । आज बिहान मुग्लिन–नारायणगढ सडकखण्ड अन्तरर्गत जलबिरेमा भएकाे सवारी दुर्घटनाका सवारी हटाएर सडक सुचारु गरिएकाे छ । दुरंघटनामा भएका ३ वटै सवारी हटाएपछी यातायात सञ्चालनमा आएको हाे ।
सडक अवराेध हटाए लगत्तै डिभिजन सडक कार्यालय भरतपुरले चालकहरूलाई हतार नगरी, सिमित गतिमा र लेन अनुशासन पालना गर्दै सवारीसाधन चलाउन अनुरोध गरेको छ ।
कार्यालयले यात्रामा निस्कनुभन्दा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न पनि आग्रह गरिएको छ ।
दुर्घटनाकाे पूर्ण विवरण भने प्रहरी अझै सार्वजनिक गरेकाे छैन ।



