×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५० मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

मकवानपुर प्रशासनले जारी गर्याे ‘ट्राभल एडभाइजरी’ : अनावश्यक यात्रा नगर्न आग्रह

  •  गोरखा समाचार
  • आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । मौसमजन्य सम्भाव्य प्रकोपलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना प्रकाशित गर्दै ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ ।

    मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गरेकाे सूचनामा देशभर मनसुनी वर्षा सक्रिय रहेको तथा जल तथा मौसम विज्ञान विभागबाट जारी पूर्वानुमानअनुसार बागमती प्रदेशसहित मकवानपुर जिल्ला र आसपासका क्षेत्रमा भारीदेखि अतिभारी वर्षा भई बाढी, पहिरो, सडक कटान, डुबान तथा गेग्रान बहावको उच्च जोखिम रहेको उल्लेख गरिएको छ ।

    सम्भावित विपद्बबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षित आवागमन सुनिश्चित गर्न प्रशासनले मकवानपुर–काठमाडौँ, मकवानपुर–चितवन, मकवानपुर–ललितपुर तथा मकवानपुर–सिन्धुली सडकमार्ग प्रयोग गर्ने सम्पूर्ण यात्रु, सवारी चालक, यातायात व्यवसायी तथा सर्वसाधारणका लागि ट्राभल एडभाइजरी जारी गरेको हो ।

    सूचनाअनुसार विपद् जोखिमका सम्भावनाका कारण शनिबार साँझदेखि आइतबार बिहान ५.०० बजेसम्म हेटौँडा हुँदै देउराली काठमाडौँ जाने सवारीसाधनलाई चौकीटोलमा रोकिने र कान्ति राजमार्ग हुँदै ललितपुर जाने सवारीसाधनलाई पूर्वसूचनाअनुसार शनिबार साँझ ६.०० बजेदेखि चौघडामा नै रोकिने छ ।

    प्रशासनले रातिको समयमा तथा निरन्तर वर्षा भइरहेका बेला अनावश्यक यात्रा नगर्न, पहिरो, बाढी, सडक कटान तथा नदी–खोल्साको बहाव बढ्न सक्ने जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । नदी, खोला तथा खोल्सामा पौडी खेल्न, नुहाउन वा किनारमा अनावश्यक रूपमा नजान तथा बालबालिकालाई पनि त्यस्ता स्थानमा जान नदिन पनि आग्रह गरिएको छ ।

    सडक अवरुद्ध वा जोखिमपूर्ण अवस्था सृजना भएमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायको निर्देशन पालना गरी सुरक्षित स्थानमा बस्न, पानी बगिरहेको सडक, पुल वा डुबान भएको स्थान पार गर्ने प्रयास नगर्न आग्रह गरिएको छ । लामो दूरीको यात्रा सुरु गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्र्दै प्रशासनले आपतकालीन अवस्थामा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४, ट्राफिक प्रहरीको १०३, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (विपद्)को १२३४ र एम्बुलेन्सको लागि १०२ नम्बरमा खबर गर्न पनि आग्रह गरेको छ ।

    अफवाह वा अपुष्ट सूचनामा विश्वास नगरी जिल्ला प्रशासन कार्यालय, मकवानपुर बथा सम्बन्धित सुरक्षा निकायबाट जारी आधिकारिक सूचनाको मात्र पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

    लेखकबाट थप:

    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी

    आइतबार, साउन ०३, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.