गाेरखा । अबिरल वर्षासँगै आएको बाढी पहिरोका कारण गण्डकी प्रदेशका ४ सडक अवरुद्ध भएका छन् । केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १ वटा सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ ।
कुन कुन सडक अबरुद्व भए त ?
१) नवलपुरको गैँडाकोट नगरपालिका-३ को बिसपानी नजिक कालिगण्डकी करिडोर सडक खण्डमा पहिरो र ढुंगामाटो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध
२) स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ सम्सेबोला क्षेत्रमा रुखसहितको पहिरो खस्दा सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा
३) म्याग्दीको बेनी नगरपालिका–४ घुमाउनेभीरस्थित बेनी दरबाङ सडक खण्डमा माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध
४) अन्नपूर्ण गाउँपालिका-२ नैनीभीर क्षेत्रमा पहिरो खस्दा बेनी जोमसोम सडक पनि पूर्ण रूपमा अबरुद्व



