गाेरखा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे छ भने देशका अन्य पहाडी भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागको केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।
आज राति देशभर साधारणतया बादल लाग्ने सम्भावना छ । देशका हिमाली भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भागको केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागका केही स्थानमा पनि मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागको केही स्थानमा र कोशी प्रदेशको पहाडी, गण्डकी र लुम्बिनी प्रदेशको तराई भागको केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।



