गाेरखा । कर्णाली राजमार्गअन्तर्गत दैलेखको साँगेतडा क्षेत्रमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खसेको छ ।
कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटना परेको हाे ।
घटनापछि घटना स्थल पुगेकाे प्रहरीले १ जना शव फेला पारेकाे छ । दुर्घटनाको कारण, गाडीमा सवार यात्रुको संख्या तथा मानवीय क्षतिबारे हालसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन ।
जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएकाे प्रहरीकाे टोलीले अहिले घटनास्थलमा ब्यापक रुपमा खाेजी कार्य सुरु गरेकाे छ ।




















