गाेरखा । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भागमा साधरणतया बादल लागेको छ । अन्य तराई भागमा मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भाग, लुम्बिनी प्रदेशको हिमाली भाग साथै कोशी प्रदेशका तराई भागमा साधरणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको पहाडी भाग र मधेस प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ । अन्य तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
कोशी प्रदेशका तराई भागका केही स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा पनि चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागमा साधरणतया बादल लाग्नेछ । अन्य हिमाली र पहाडी भाग साथै कोशी प्रदेशको तराईमा आंशिक बादल तथा अन्य तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।



