गाेरखा । पूर्व र मध्य भेगका केही ठाउँमा गए राति र आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ ।
आज दिउँसो पनि कोशी प्रदेशका तराई, मधेश प्रदेश र अरू प्रदेशका पहाडी तथा हिमाली भेगमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मध्य र पश्चिम तराईमा भने गर्मी बढ्ने सम्भावना रहेकाे जनाकाे छ ।
आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही स्थानमा गर्मी हुने महाशाखाले जनाएको छ ।
आज कोशी प्रदेशका हिमाली र पहाडी भागका थोरै ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोशी र मधेश प्रदेशको तराई भेगका केही स्थानमा पनि मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



