गाेरखा । साताकाे चाैथाें दिन बुधबार नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा १ हजार २०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९८ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदी भाउ पनि घटेकाे छ । चाँदी ताेलामा १० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियाे ।



