गाेरखा । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । यसैगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएकाे छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस प्रदेशको पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानहरूमा गर्मी बढ्ने सम्भावना छ ।
त्यसैगरी आजै राति देशको हिमाली र पहाडी भाग साथै कोशी प्रदेशका तराई भागमा साधारणतया बादल तथा तराई भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेका महाशाखाले जनाएको छ ।




















