गाेरखा । साँसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले राजधानीबाट १ जनालाई नियन्त्रणमा लिएकाे छ । प्रहरीले नियन्त्रणमा लिएका ब्यक्ति ६१ वर्षीय प्रधुमन श्रेष्ठ भएकाे पुष्टी भएकाे छ ।
साईबर ब्युरोका अनुसार काठमाडौँको चन्द्रागिरी नगरपालिका-११ सतुंगल ठेगाना भएका उनलाई सोमबार पक्राउ गरिएकाे हाे । पक्राउ लगत्तै उनलाई अदालतबाट ४ दिनकाे म्याद थप गरि अनुसन्धान सुरु गरेकाे ब्युराेले जनाएकाे छ ।
आफ्नो चरित्र हत्या भएको भन्दै उनले केही दिनअघि संसद्मा समेत कुरा उठाएकी थिइन् । लगत्तै संसद्मै गृहमन्त्री सुधन गुरुङले उजुरी दिन आग्रह गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याइने बचन दिएका थिए ।
ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट भएको तस्बिरमा अपशब्द तथा नकारात्मक टिप्पणी गरेर चरित्र हत्या गर्ने काम भएको भन्दै उनीसहित ३ दर्जन हाराहारीका व्यक्ति विरुद्ध उजुरी दर्ता गराएकी छन ।
सांसद ओलीले लोकतन्त्रमा आलोचना स्वाभाविक भए पनि धम्की र दुर्व्यवहार स्वीकार्य नहुने बताईन । ओलीकाे मोबाइल फोन र म्यासेन्जरमा समेत बलात्कार र भौतिक आक्रमणका धम्कीहरू आएको उनले बताइन् ।
सांसद ओलीले यस विषयमा गम्भीर चासो देखाएकोमा गृहमन्त्री सुधन गुरुङ र साइबर ब्युरोप्रति आभार समेत व्यक्त गरेकी छन् ।



