गाेरखा । साताकाे दाेस्राे दिन पनि आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९३ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदीकाे भाउ भने बढेकाे छ । चाँदी ताेलामा १२० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियाे ।




















