गाेरखा । साताकाे पहिलाे दिन आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ आज बढेकाे छ ।
सुन ताेलामा १ हजार २०० रुपैयाँले बढेर २ लाख ९३ हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
गत शुक्रबार सुन ताेलाकाे २ लाख ९२ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदीकाे भाउ भने बढेकाे छ । चाँदी ताेलामा ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी गएकाे शुक्रबार ताेलाकाे ४ हजार ८४० रुपैयाँमा कारोबार भएको थियाे ।



