गाेरखा । सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धनुषाकाे रामानन्द चोकबाटबाट पक्राउ गरेको हो ।
गएराति साह र उनको दाजु नाता पर्ने नारायण साहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएकाे हाे ।
शकुन्तला अधिकारी (थापा)को जाहेरीका आधारमा ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि उनलाई पक्राउ गरिएको हो ।
उनीहरु दुबैलाई काठमाडौ लगिएको प्रहरीले जानकारी दिएको छ ।



