गाेरखा । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न समय थप गरेकाे छ । अभियानअन्तर्गत अझै करिब १ लाख सदस्यकाे अद्यावधिक गर्न बाँकी भएपछी समय थप गरिएकाे हाे ।
काँग्रेकाे ७ लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म ५ लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका जनाएको छ ।
त्यसैगरी, १ लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेका छन् । उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक हुने प्रक्रियामा छ ।
पार्टीले जारी गरेको विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न यही जेठ २८ गते राति १२ बजेसम्मको समयसीमा निर्धारण गरिएकामा अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढाइएको जनाएकाे छ ।




















