गाेरखा । नेपाल राष्ट्र बैंकले आज शुक्रबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो १ को खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क १ को खरिददर १९१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९२ रुपैयाँ ७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर १ को खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४२ रुपैयाँ ११ पैसा कायम भएको छ ।
थाइ भाट १ को खरिददर ४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४ रुपैयाँ ६६ पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा कायम गरिएकाे केन्द्रीय बैंकले जनाएकाे छ ।
साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १६ रुपैयाँ ४ पैसा र बिक्रीदर १६ रुपैयाँ १० पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ६१ पैसा र बिक्रीदर २३ रुपैयाँ ७० पैसा तोकिएको छ ।
हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ६६ पैसा, बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ १३ पैसा ताेकेकाे बैंकले जनाएकाे छ ।
त्यस्तैगरी, ओमनी रियाल १ को खरिददर ३९७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ७३ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



