गाेरखा । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण हिजाे देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो ।
आज कोशी, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भेगका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।



