गाेरखा । सुरु नै नभइ प्रतिनिधिसभाको बैठक सरेको छ । बिहान ११ बजेका लागि तय भएको बैठक निर्धारित समयमा सुरु हुन नसके पछी सारीएकाे हाे ।
२ घण्टासम्म पनि बैठक सुरु हुन नसकेपछि आजै दिउँसो २ बजे बस्ने गरी सारिएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक बस्ने समय परिवर्तन भएको सम्बन्धी सूचना निकालेका छन् ।
निर्धारित समय भन्दा २ घण्टा ढिलो भए स्वत: बैठक स्थगित हुने कानुनी व्यवस्था छ ।



