गाेरखा । नेपाल राष्ट्र बैंकले आज बुधबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर १ को खरिददर १०९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा तोकिएको छ ।
युरोपियन युरो १ को खरिददर १७६ रुपैयाँ २१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर २०४ रुपैयाँ ५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



