गाेरखा । आज देशका विभिन्न भागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्ने अनुमान जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेकाे छ ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागका केही स्थानका साथै सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा गर्मी बढने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भागका केही स्थान तथा कर्णाली प्रदेशलगायत सबै प्रदेशका हिमाली भागका केही सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै र तराईका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाइएको छ ।



