×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

फोटो पत्रकारहरूका लागि प्राथमिक उपचार तालिम सम्पन्न

  •  गोरखा समाचार
  • सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । सम्पादक समाज नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा फोटो पत्रकारहरूका लागि आयोजित २ दिने प्राथमिक उपचार (फर्स्ट एड) तालिम सम्पन्न भएको छ ।

    गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, सुइरे चौरस्थित सम्पादक समाज नेपालको भवनमा सञ्चालन गरिएको तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत १० जना फोटो पत्रकारहरूको सहभागिता रहेको थियो ।

    तालिम समापन कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका सभापति श्यामकाजी डोटेल, सम्पादक समाज नेपालका उपाध्यक्ष जुनारबाबु बस्नेत, रेडक्रस जिल्ला शाखाका सदस्य नवराज काफ्ले तथा समाजका संरक्षक किरण वैद्यले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरे ।

    तालिममा दुर्घटना, विपद् तथा आपत्कालीन अवस्थाहरूमा आवश्यक प्राथमिक उपचारका आधारभूत सीप, घाइतेको उद्धार, रक्तस्राव नियन्त्रण, हाडजोर्नी तथा चोटपटक व्यवस्थापनलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै सम्पादक समाज नेपालका महासचिव श्यामकाजी डोटेलले फोटो पत्रकारहरू प्रायः सभा, जुलुस, आन्दोलन, विपद् तथा अन्य जोखिमपूर्ण घटनास्थलमा अग्रपंक्तिमा खटिने भएकाले उनीहरूको सुरक्षालाई ध्यानमा राखेर तालिम आयोजना गरिएको बताए । उनले फिल्डमा कार्यरत पत्रकार वा उनीहरूका सहकर्मी घाइते भएको अवस्थामा तत्काल प्राथमिक उपचार प्रदान गर्न सक्ने क्षमता विकास गर्नु तालिमको मुख्य उद्देश्य रहेको उल्लेख गरे ।

    “फोटो पत्रकारहरू प्रायः जोखिमपूर्ण परिस्थितिमा काम गर्ने भएकाले आकस्मिक दुर्घटना वा चोटपटक लाग्दा तत्काल प्राथमिक उपचार गर्न सक्ने सीप आवश्यक हुन्छ । यस्तो सीपले घाइतेको अवस्था थप जटिल हुन नदिई सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याउन सहयोग पुर्‍याउँछ,” डोटेलले भने ।

    प्रशिक्षणपश्चात् सहभागीहरूको तर्फबाट बोल्दै फोटो पत्रकार शम्भु दंगालले वर्तमान परिवेशमा फोटो पत्रकारहरूका लागि फर्स्ट एड तालिम अत्यन्त सान्दर्भिक र आवश्यक रहेको बताए । उनले फोटो पत्रकारहरू सभा, जुलुस, आन्दोलन, विपद् तथा अन्य जोखिमयुक्त घटनास्थलमा सबैभन्दा पहिले पुग्ने भएकाले उनीहरूलाई दुर्घटना वा अन्य अप्रत्याशित परिस्थितिको जोखिम बढी रहने उल्लेख गरे ।

    “यस्तो अवस्थामा तत्काल प्राथमिक उपचारका लागि आवश्यक ज्ञान र सीप अत्यन्त महत्वपूर्ण हुन्छ । यस तालिमबाट प्राप्त ज्ञानले पत्रकारहरूलाई आफू तथा आफ्ना सहकर्मीहरूको सुरक्षामा सहयोग पुग्ने विश्वास लिएका छौँ,” दंगालले भने ।

    आयोजकका अनुसार फिल्डमा खटिने सञ्चारकर्मीहरूको सुरक्षा तथा आपत्कालीन परिस्थितिमा उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीप आफ्नो पेशागत जीवनमा उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, जेठ २५, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.