गाेरखा । आज देशका विभिन्न भागमा आंशिक बदलीदेखि बर्षाकाे सम्भावना रहेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भाग तथा हिमाली भागमा साधारणतया बादल लाग्ने जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै, कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।
आज मधेस प्रदेशलगायत, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानहरुमा गर्मी बढ्ने सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बादल, पहाडी भागमा आंशिक बादल लाग्नेछ भने तराईमा मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भाग तथा कर्णाली प्रदेशका हिमाली भागका केही स्थानहरुमा पनि मेघगर्जन रचट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



