गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा २ हजार १०० रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे ३ लाख ११ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी ताेलामा ५५ रुपैयाँले घटेर ५ हजार २३० रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ताेलाकाे ५ हजार २८५ रुपैयाँमा कारोबार भएको थियाे ।



