गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ सामान्य घटेकाे छ ।
सुन ताेलामा २०० रुपैयाँले घटेर ३ लाख ११ हजार १०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
साेमबार सुन ताेलाकाे ३ लाख ११ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी ताेलामा ८५ रुपैयाँले घटेर ५ हजार २८५ रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ताेलाकाे ५ हजार ३७० रुपैयाँमा कारोबार भएको थियाे ।



