प्रतिकात्मक तस्बिर
गाेरखा । बाजुरामा आज बिहानै मदिराले मातेका २ जना बिच झगडा हुदा १ जनाकाे ज्यान गएकाे छ ।
जिल्लाकाे बूढीनन्दा नगरपालिका–६ कोटिलाका टेकेन्द्र रावत र नीर रावतबीच स्थानीय होटलमा मदिरा पिएपछि विवाद भएर झगडा हुदा नीर रावतको ज्यान गएको बाजुरा प्रहरीले पुष्टी गरेकाे छ ।
मदिराले मातेका दुवैजनाबीच विवाद हुँदा टेकेन्द्रले प्रहार गरेको ढुङ्गाले लागेर नीरको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटले बताए ।
अहिले प्रहरी घटनास्थल पुगेकाे पनि प्रनि भाटले जानकारी दिए ।



