साँकेतिक तस्बिर
गाेरखा । भक्तपुरमा भएकाे सामान्य घरायसी विवाद हुदा श्रीमानले श्रीमतीकाे हत्या गरेकाे छ । भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका युवकले विवाद हुदा आफ्नी श्रीमतीको हत्या गरेकाे भक्तपुर प्रहरीले पुष्टी गरेकाे हाे ।
प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार शङ्करापुर नगरपालिका–६ नाङ्लेभारेका विदुर विश्वकर्माले घरायसी विवादमा आफ्नी ३३ वर्षीया श्रीमती सलिनालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
आक्रमणमा उनका आठ वर्षका छोरा त्रिशल घाइते भएका छन् । उक्त घटना गएरातिको हो । हत्या अभियोगमा विश्वकर्मालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेकाे छ ।



