गाेरखा । नेपाली बजारमा आज सुनकाे भाउ स्थिर रहेकाे छ भने चाँदीकाे भाउ घटेकाे छ ।
सुनकाे भाउ स्थिर रहदा मंगलबारकै भाउ ताेलाकाे ३ लाख ११ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
साेमबार सुन ताेलाकाे ३ लाख १० हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ स्थिर रहेता पनि चाँदीकाे भाउ भने घटेकाे छ । चाँदी ताेलामा ३५ रुपैयाँले घटेर ५ हजार ३७० रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ताेलाकाे ५ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियाे ।




















