×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सरकारले कुन-कुन निकाय खारेज र पुनर्संरचना गर्दैछ ?

  •  गोरखा समाचार
  • बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । सरकारले संघीय तहमा बोझिलो बनेका र अनुत्पादक देखिएका विभिन्न ५५ वटा निकायहरू फेरबदल गर्ने भएको छ ।

    सरकारी अध्ययन कार्यदलको प्रतिवेदन अनुसार, अब २५ वटा निकायहरू खारेज हुनेछन् । ६ वटा एकीकरण हुनेछन् भने ६ वटा प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस भएको प्रतिवेदन अनुसार, १८ वटा निकायहरूको पुनर्संरचना गर्ने तयारी छ ।

    सरकारी निकायहरूको आवश्यकता र औचित्यबारे अध्ययन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव किरण शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

    अब ३१ वटा निकायहरू खारेज हुनेछन् । ६ वटा निकायहरू एक आपसमा गाभिनेछन् भने त्यति नै संख्याका निकायहरू प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने सरकारको योजना छ ।

    यसाे गर्दा नेपाल सरकारकाे बर्षेनी करिब २० अर्ब रुपैयाँ बचत हुने अनुमान छ ।

    खारेज हुने संस्थाहरू :

    कपास विकास समिति, पशु विकास फर्म कार्यसञ्चालन कोष , राष्ट्रिय किसान आयोग, न्यूनतम पारिश्रमिक निर्धारण समिति , शैक्षिक निकायहरूको भौतिक संरचना गर्न स्थापित केन्द्रीय आयोजना इकाइ, बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना, बुटबल मेडिकल कलेजको पूर्वाधार निर्माण आयोजना समिति, सुर्खेत मेडिकल कलेजको पूर्वाधार निर्माण आयोजना समिति, पूर्वाधार विकास इकाइ, कालिगण्डकी तिनाउँ डाइभर्सन बहुउद्देश्यीय आयोजना, जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजना, प्राणी तथा एकीकृत बालीजल व्यवस्थापन कार्यक्रम र जलस्रोत संरक्षण आयोजना, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वादी समुदाय उत्थान विकास समिति, उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय उत्थान विकास समिति, चुरे उत्थानशील आयोजना, कार्यक्रम कार्यान्वयन गर्ने इकाइहरू, कानुन मन्त्रालय मातहतको केन्द्रीय कानुन पुस्तकालय विकास समिति, भौतिक पूर्वाधार मन्त्रालयको जलमार्ग आयोजना, शहरी विकास मन्त्रालयको जग्गा विकास चक्रकोष, नगर विकास समितिहरू, समाज कल्याण परिषद्, राष्ट्रिय बाल अधिकार परिषद्, युवा मन्त्रालयको कैलाली धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान तथा खेलग्राम पूर्वाधार निर्माण समिति

    गाभिनेछन्, दर्जन निकाय :

    नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नेपाल इन्टरमोडल यातायात विकास समिति र नेपाल पारवहन तथा गोदाम लिमिटेड, काठमाडौं उपत्यका विकास प्राधिकरण मातहतका निकायहरू, महिला स्वावलम्बन कोष लगायत अन्य कोषहरू, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी संस्थानको केन्द्रीय कार्यालयसहितको संरचना र खानेपानी महसुल निर्धारण आयोग, युवा तथा साना व्यवसायी स्वरोजगार कोष र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान

    हस्तान्तरण हुने संरचनाहरू :

    तराई मधेश समृद्धि कार्यक्रम, कोशी अञ्चल अस्पताल विकास समिति, सगरमाथा अञ्चल अस्पताल विकास समिति र नारायणी अञ्चल अस्पताल विकास समिति, बुटवल लिंक रोड, लेले–चन्दनपुर–ठूलादुर्लुङ सडक, दमक गौरादह गौरीगञ्ज लिंकरोड र डडेलधुरा लिंक रोड सडक, विभिन्न खानेपानी तथा ढल व्यवस्थापनसँग सम्बन्धित आयोजनाहरू

    पुनर्संरचना हुने संरचनाहरू :

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, राष्ट्रिय दुग्ध विकास बोर्ड र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् र बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, ऊर्जा मन्त्रालयका विभिन्न आयोजना, कार्यक्रम र कार्यालयहरू, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका सूर्यविनायकको राष्ट्रिय प्राणी उद्यान र तनहुँको भानुभक्त प्राणी उद्यान पुनर्संरचना, वन पैदावर विकास समिति अन्तर्गतका आयोजना र परियोजनाहरू, वीर अस्पतालको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र विकास समिति, उद्योग मन्त्रालयको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, श्रम मन्त्रालयको वैदेशिक रोजगार बोर्ड, कानुन मन्त्रालयको कानुन किताब व्यवस्था समिति, भौतिक मन्त्रालयको रेल्वे बोर्ड, संघीय मामिला मन्त्रालयको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, जेठ २०, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.