साँकेतिक तस्बिर
गाेरखा । सुर्खेत प्रहरीले अनुमानित ३ करोड मूल्य बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकस्थित ‘शिव ईम्पोरिय’ पसलबाट उक्त परिमाण बराबरका सुनचाँदीका गहनासहित अग्रवाललाई नियन्त्रणमा लिएको हाे ।
व्यापारी अग्रवालबाट विभिन्न दरका नेपाली रुपैयाँ २ लाख १९ हजार ५००, विभिन्न दरका भारतीय रुपैयाँ ८ लाख ११ हजार ९००, नगद रुपैयाँ गन्ती गर्न प्रयोग हुने मेसिन १ थान र विभिन्न किसिमका सुन तथा चाँदीका गरगहना राखिएको बट्टा (पोका) र डिब्बा गरी १८५ थान बरामद गरिएको छ ।
पक्राउ परेका अग्रवालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















