गाेरखा । सरकारले भाडामा प्रयोग हुने विभिन्न प्रकारका सवारी साधनहरूको वार्षिक आयकरको दरमा वृद्धि गरेको छ ।
यातायात व्यवस्था कार्यालयमार्फत सवारी साधन दर्ता वा नवीकरण गर्दा धनीले बुझाउनुपर्ने वार्षिक करको दरलाई परिमार्जन गर्दै सरकारले सार्वजनिक तथा व्यावसायिक सवारी साधनको लागत बढाएको हो ।
सानादेखि ठूला र विद्युतीय सवारीसम्मका करमा १ हजारदेखि २ हजार ५०० रुपैयाँसम्म वृद्धि गरिएको छ ।
नयाँ दररेट :
१) १ हजार ३०० सीसीसम्मका कार, जिप, भ्यान र माइक्रो बसको कर ५ हजार ५०० बाट बढेर ६ हजार ५०० रुपैयाँ
२) १ हजार ३०१ देखि २ हजार सीसीसम्मका लागि ७ हजार
३) २ हजार १ देखि २ हजार ९०० सीसीसम्मका लागि ७ हजार ५०० रुपैयाँ
४) २ हजार ९०१ देखि ४ हजार सीसीसम्मका लागि ९ हजार ५०० रुपैयाँ
५) ४ हजार सीसीभन्दा माथिका सवारी साधनका लागि ११ हजार रुपैयाँ
सरकारले मध्यम र ठूला मालबाहक तथा सार्वजनिक सवारीको करमा पनि ठूलो वृद्धि गरिएको छ ।
१) मिनी ट्रक, मिनी बस र पानी ट्याङ्करको कर ८ हजारबाट बढाएर ९ हजार ५०० रुपैयाँ
२) मिनी टिप्परको कर ९ हजारबाट बढाएर ११ हजार रुपैयाँ
३) ठूला ट्रक र बसकाे १० हजार ५०० को सट्टा १२ हजार ५०० रुपैयाँ
४) डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता हेभी मेसिनरी उपकरण र तेल ट्याङ्कर, ग्यास बुलेट तथा टिप्परको कर साविकको १५ हजार ५00 बाट बढेर १७ हजार ५00 रुपैयाँ
६) साना र कृषि क्षेत्रमा प्रयोग हुने ट्रयाक्टर, अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको कर २ हजार ५०० बाट बढेर ३ हजार ५०० रुपैयाँ
७) पावर टिलरको कर २ हजारबाट बढेर ३ हजार रुपैयाँ
८) विद्युतीय सवारी साधनतर्फ ५० किलोवाटसम्मको ४ हजार
९) ५० देखि १२५ किलोवाटसम्मको ५ हजार
१०) १२५ देखि २०० किलोवाटसम्मको ७ हजार ५०० रुपैयाँ
११) २०० किलोवाटभन्दा माथिको ९ हजार ५०० रुपैयाँ
१२) विद्युतीय ई रिक्साका लागि ३ हजार ५००
१३) भाडाका २ पाङ्ग्रे सवारी साधनका लागि ३ हजार रुपैयाँ




















