गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ बढेकाे छ ।
हिजाे ताेलामा ५ हजार ५०० रुपैयाँले घटेकाे सुन आज शुक्रबार ५ हजार ६०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ९० हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ८५ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि बढेकाे छ । हिजाे ताेलामा २१५ रुपैयाँले घटेकाे चाँदी आज भने ताेलामा १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ताेलाकाे ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियाे ।



