गाेरखा । साताकाे पाँचाैं दिन आज बिहीबार नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ घटेकाे छ ।
हिजाे ताेलामा १ हजार रुपैयाँले घटेकाे सुन आज बिहीबार ५ हजार ५०० रुपैयाँले पुन: घटेर ताेलाकाे २ लाख ८५ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ९० हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि घटेकाे छ । हिजाे ताेलामा २० रुपैयाँले बढेरकाे चाँदी आज भने ताेलामा २१५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ताेलाकाे ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियाे ।



