गाेरखा । नेपाल राष्ट्र बैंकले आज बिहीबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो १ को खरिददर १७७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५४ पैसा, बेलायती पाउण्ड स्टर्लिङ १ को खरिददर २०५ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०६ रुपैयाँ १२ पैसा तथा स्वीस फ्राङ्क १ को खरिददर १९४ रुपैयाँ ३२ र बिक्रीदर १९५ रुपैयाँ ८ पैसा निर्धारण गरिएको छ ।
यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर १ को खरिददर ११० रुपैयाँ ४२ पैसा र बिक्रीदर ११० रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रीदर १२० रुपैयाँ ७ पैसा कायम गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७२ पैसा तथा साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा रहेको छ ।
कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा, थाई भाट १ को खरिददर ४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४ रुपैयाँ ७० पैसा तथा यूएई दिराम १ को खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
मलेसियन रिङ्गिट १ को खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६९ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैया २० पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा, स्विडिस क्रोनर १ को खरिददर १६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६ रुपैयाँ ५५ पैसा तथा डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ८० पैसा र बिक्रीदर २३ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ २४ पैसा र बिक्रीदर ५२०, बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९२ पैसा तथा ओमानी रियाल १ को खरिददर ३९६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९८ रुपैयाँ ४६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



