गाेरखा । नेपाली बजारमा आज सुनकाे भाउ घटेकाे छ भने चाँदीकाे भाउ बढेकाे छ ।
हिजाे ताेलामा १ हजार ३०० रुपैयाँले घटेकाे सुन आज बुधबार १ हजार रुपैयाँले पुन: घटेर ताेलाकाे २ लाख ९० हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ९१ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे घटे पनि चाँदीकाे भाउ भने बढेकाे छ । हिजाे ताेलामा ९० रुपैयाँले घटेरकाे चाँदी आज भने ताेलामा २० रुपैयाँले बढेर ५ हजार ८० रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ताेलाकाे ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियाे ।




















